चार मन्त्रालयको दाबी नछाड्ने माओवादी कर्णाली संसदीय दलको निर्णय – Nepal Press

चार मन्त्रालयको दाबी नछाड्ने माओवादी कर्णाली संसदीय दलको निर्णय

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले चार मन्त्रालयमा आफ्नो दावी नछाड्ने निर्णय गरेको छ ।

मंगलबार बसेको दलको बैठकले सबैभन्दा ठूलो दल भएको नाताले चार मन्त्रालयमा दावी नछाड्ने भएको हो ।

कर्णाली माओवादीका प्रमुख सचेतक ठम्मर विष्टले सबैभन्दा ठूलो दल भएकाले पार्टीले चार मन्त्रालय पाउनुपर्ने दावी कायमै रहेको बताए ।

उनले भने, ‘हामीले तीन महिना अघि नै गरेको निर्णय अनुसार अघि बढने निर्णय भएको छ । जसमा माओवादीले चार मन्त्रालय पाउनुपर्छ । चार मन्त्रालयको दाबीमा काँग्रेस र समाजवादीले हामीलाई कन्भिन्स गरेको खण्डमा तीन मन्त्रालयमा पनि सहमति गर्न सकिन्छ तर त्यसकालागि उपयुक्त कारण देखाउनुपर्छ ।’

उनले सरकारमा भागबण्डाको विवाद बारे सहमति गर्न संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई जिम्मा दिइएको बताए ।

उनले चार मन्त्रालय आफूहरुले लिने भनेपनि कुनकुन मन्त्रालयमा दावी रहने भन्ने विषय टुंगो नलागेको बताए ।

बैठकले बजेट खर्च बढाउन नसक्नुको कारण सरकार विस्तारमा भएको ढिलाई नै भएको बताउँदै सत्तारुढ गठबन्धन बिचमा भएका अविश्वासको वातावरण हटाउन छलफलमा तीव्रता दिने निर्णय गरेको विष्टले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर