दुबईबाट फर्किएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने तीन जना पक्राउ – Nepal Press

दुबईबाट फर्किएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने तीन जना पक्राउ

काठमाडौं । बैदेशिक रोजगारीको क्रममा दुबईबाट फर्किएका एकजना व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाण्डौ तारकेश्वनर नगरपालिका ८ का ३२ वर्षका संजोग राई, सोही ठाउँका ३० वर्षका रमेश अर्याल र मकवानपुरको मकवानपुरगढी गाउँपालीका ५ घर भई अहिले काठमाण्डौ महानगरपालिका १६ बसन्तनगरमा होटल व्यबसाय गर्दै आएका ३१ वर्षका गोकुल घिमिरेलाई पक्राउ गरेको हो ।

उनीहरुमध्ये राई र अर्याललाई पुष ३० गते काठमाण्डौको जरङ्खुबाट र घिमिरेलाई माघ २ गते काठमाण्डौ महानगरपालिका १६ बसन्तनगरबाट पक्राउ गरिएको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार पक्राउ परेका तीन जनाले सिरहारको सखुवानाकारकट्टी गाउँपालिका ५ का ३० वर्षका रामेश्वर रामलाई अपहरण गरी बन्धक बनाएर शारिरीक तथा मानसिक यातना दिएका थिए ।

गत असोज ८ गते ६ बजे रामेश्वगर राम होटलबाट भाग्न सफल भएर प्रहरीको सम्पर्कमा पुगेर प्रहरीमा जाहेरी दिएका थिए । उनीहरु तीनै जना विरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर महानगरीय प्रहरी परिसर काठमाण्डौबाट थप अनुसन्धान भइरहेको छ ।

पीडित राम बैदेशिक रोजगारको शिलशिलामा दुबईबाट गत असोज ८ गते बिहान सात बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थबाट सिधै बल्खुस्थित होटल कञ्चनजञ्घामा गएर बसेका थिए । राम बसेको होटलमा तीन जना व्यक्ति आएर रामलाई अपहरण गरी काठमाण्डौ महानगरपालिका २७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा लगी बन्धक बनाएको अनुसन्धानबाट खुलेको छ । बन्धक बनाएको समयमा रामलाई कुटपुट गर्नुका साथै ज्यान मार्ने धम्की दिएका थिए । यस्तै आफुले सेवन गरेका चुरोटको ठुटोले पोलेरसमेत याताना दिनुका साथै रामसँगको झोला, मोबाइल सहितका सामान जफत गरका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर