श्वेता खड्कालाई कोरोना संक्रमण – Nepal Press

श्वेता खड्कालाई कोरोना संक्रमण

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमार्फत श्वेताले आफूलाई भाइरस संक्रमण भएको जनाएकी हुन् ।

निको भएर चाँडै फर्कने जनाउँदै उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छिन् ।

श्वेता अहिले होमआइसोलेसनमा बसेकी छिन् । नेपाल प्रेससँग कुरा गर्दै श्वेताले होम आइसोलेसनमा बसेको र आफ्नो सम्पर्कमा आएकालाई परीक्षण गराउन समेत आग्रह गरेकी छिन् ।

चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालाई पनि भाइरस संक्रमण पुष्टि भएको छ । चलचित्र विकास बोर्डका पाँचजना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ भने अध्यक्ष दयाराम दाहाल कोभिड निको भएर काममा फर्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर