कोभिड निर्देशिका आज मध्यरातदेखि लागू हुने, अब के-के गर्न पाइँदैन ? – Nepal Press
काठमाडौंका तीन सीडीओको निर्णय

कोभिड निर्देशिका आज मध्यरातदेखि लागू हुने, अब के-के गर्न पाइँदैन ?

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम गर्न मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनबारे काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ ।

ती आदेशलाई आज मध्यरातदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने निर्णय तीनै सीडीओले गरेका छन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिँदै माघ मसान्तसम्म आमसभा, जुलुस, भेला संचालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्का निर्णयलाई आजै मध्यरातदेखि लागू गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नेपाल प्रेसलाइ जानकारी दिए ।

हेर्नूस काठमाडौं प्रशासनले आज जारी गरेको आदेश :

हेर्नूस ललितपुर प्रशासनले आज जारी गरेको आदेश :

हेर्नूस भक्तपुर प्रशासनले आज जारी गरेको आदेश :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *