पानीमाथि पद्माशन गरेर विश्वकीर्तिमान, खेलकुदमन्त्रीले दिए वर्ल्डबुककाे प्रमाणपत्र


काठमाडौं । लामो समय पानीमाथि पद्माशन गरेर एक नेपाली युवाले विश्व किर्तिमान राखेका छन् । वाग्मती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर वल्र्ड बुक अफ रेकडमा नाम दर्ता गराएका हुन् ।
सोमबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वर्ल्ड बुकको प्रमाणपत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
त्यस क्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरित गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गरे ।
सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेका थिए । । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।