१ किमी लम्बाइको विशाल क्षुद्रग्रह आज पृथ्वी नजिक आउँदै, कसरी हेर्ने लाइभ ? – Nepal Press

१ किमी लम्बाइको विशाल क्षुद्रग्रह आज पृथ्वी नजिक आउँदै, कसरी हेर्ने लाइभ ?

काठमाडौं । अमेरिकी अन्तरीक्ष नियोग नासाले एक किलोमिटर लम्बाइको क्षुद्रग्रह आज पृथ्वीको नजिक भएर जाने जनाएको छ । १९९४ पीसी १ नाम दिइएको उक्त क्षुद्रग्रहलाई वैज्ञानिकले एक दशकदेखि अध्ययन गरिरहेका थिए ।

नासाले ट्वीटरमार्फत जनाएअनुसार पृथ्वीभन्दा १.२ मिलियन माइल दूरीबाट रहेको उक्त क्षुद्रग्रह पृथ्वीबाट भएर अघि बढ्नेछ । त्यसबाट पृथ्वीलाई कुनै नोक्सानी नहुने नासाले जनाएको छ ।

नासाले ट्वीटरमा उक्त एस्टेरोइड उड्ने बाटो पनि ट्रयाक गरेको छ । पहिलोपटक सन् १९९४ अगस्ट ९ मा उक्त क्षुद्रग्रहलाई वैज्ञानिकले पत्ता लगाएका थिए ।

उक्त क्षुद्रग्रहको लम्बाइ १ किलोमिटर रहेको र पृथ्वीको सबैभन्दा अग्लो मानवनिर्मित टावर बुर्ज खलिफाभन्दा पनि ठूलो रहेको बताइएको छ । यो विशाल क्षुद्रग्रहलाई अन्तरीक्ष टेलिस्कोपबाट हेर्न सकिने भएको छ ।

नासाले आफ्नो क्षुद्रग्रहको अध्ययन गर्ने वेबसाइटबाट पनि सर्वसाधारणले हेर्न मिल्ने व्यवस्था गरेको छ । नासाका अनुसार अबको दुई शताब्दीपछि मात्र यो क्षुद्रग्रह पुनः पृथ्वीको नजिक आउनेछ ।

पृथ्वीभन्दा १.२ माइल पर रहेर पनि यो क्षुद्रग्रहको गति प्रतिघण्टा ४७ हजार ३४४ किलोमिटर हुनेछ ।

लाइभ हेर्न लिंक क्लिक गर्नूस :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर