भारतमा आज २ लाख ३८ हजार संक्रमित थपिए, ३१० जनाको मृत्यु – Nepal Press

भारतमा आज २ लाख ३८ हजार संक्रमित थपिए, ३१० जनाको मृत्यु

दिल्ली । भारतमा दुई दिनयता कोरोनाभाइरस संक्रमणमा केही कमी आएको देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार त्यहाँ कोरोनाका २ लाख ३८ हजार १८ जना संक्रमित थपिएका छन् ।

सोमबारभन्दा २० हजारले संक्रमितको संख्यामा कमी आएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३१० जनाको मृत्यु भएको छ । १ लाख ५७ हजार जना निको भएका छन् ।

भारतमा सक्रिय संक्रमित संख्या १७ लाख ३६ हजार पुगेको छ । त्यहाँ दैनिक संक्रमणदर १४.४३ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ओमिक्रोन भेरिएन्टका थप ८८९१ संक्रमण पुष्टि भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर