खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा – Nepal Press

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

काठमाडौं । खुकुरीले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । यो उत्पादन जापान र कोरियामा निर्यात हुँदै आएको थियो ।

याँ स्वादसहितको यो रम बजारमा ल्याउनुअघि बुटवल र भैरहवामा ट्रायल गरिएको थियो । प्रिमियम ‘खुकुरी xxx रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य केही बढी हुने उत्पादक कम्पनी द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए ।

‘यो प्रिमियम क्याटेगोरीको विशेष उत्पादन हो । त्यसैले स्वाद र गुणस्तरमा अझ विशेष छ । उत्पादन क्षमताको सीमितताले चालु आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र बजारमा पठाउँन सकिनेछ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *