अबुधावीका दुई स्थानमा विष्फोट, मारिनेमा भारतीय र पाकिस्तानी – Nepal Press

अबुधावीका दुई स्थानमा विष्फोट, मारिनेमा भारतीय र पाकिस्तानी

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।

यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमलाई अबुधाबी प्रहरीले बताए अनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना घाइते भएका हुन् । मृत्यु हुनेमा दुई भारतीय र एक पाकिस्तानी छन् ।

सोमबार अबुधानी विमानस्थल नजिक बिस्फोटका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन् ।

प्रहरीले आक्रमण ड्रोनको माध्यमबाट गरिएको आशंका गरेको छ । विष्फोटमा नेपाली नागरिकको हताहतीबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । ठूलो संख्याका नेपालीहरु वैदेशिक रोजगारीको शिलशिलामा युएईको अबुधावी क्षेत्रमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *