एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण

२०७८ माघ ३ गते २०:१९

फाइल तस्वीर
काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ ।
उपमहासचिव गुरुङले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले स्वास्थ्यमा अफ्ठ्यारो महसुस नभएपनि अहिले होम आइसोलेसनमा रहेको बताएका छन् ।
उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य परीक्षण गर्न पनि आग्रह गरेका छन् ।
पछिल्लो समय देशमा कोरोना संक्रमणको दर तीव्र गतिमा बढेको छ ।
एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरुलाई कोरोना पष्टि भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर