मधेश प्रदेश भएको खुसियालीमा भोलि सार्वजनिक विदा – Nepal Press

मधेश प्रदेश भएको खुसियालीमा भोलि सार्वजनिक विदा

जनकपुरधाम । प्रदेशको नाम मधेश राखिएको खुसीयालीमा मधेश प्रदेशले भोलि सार्वजनिक विदा दिएको छ ।

आज भएको नामकरण सम्बन्धी मतदानमा दुई तिहाइ भन्दाबढीले मधेश प्रदेश राख्न मत दिएका थिए ।

आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले भोलि सार्वजनिक विदा दिने निर्णय भएको सामाजिक संजालमा उल्लेख गरेका छन् ।

‘आज नाम र राजधानी तोकिदा सबै प्रदेशबासी खुशी भएका छन्,’ साहले लेखेका छन्, ‘त्यसैले सार्वजनिक विदा दिने निर्णय भएको छ ।’

प्रदेशसभाको आजै बसेको बैठकले प्रदेश राजधानी जनपुर कामय गरेको थियो  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर