अष्ट्रेलियन ओपन : बार्टी र ओसाका दोस्रो चरणमा, केनिन बाहिरिइन


काठमाडौं । विश्व नम्बर एक अस्लेघ बार्टी वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेकि छन् ।
सोमबार मेलवर्न पार्कमा भएको खेलमा लिसा टुस्रेन्कोलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दै बार्टीले दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
दोस्रो चरणम बार्टीले इटालीयन लुसिया ब्रोनजेट्टीसँग भिड्नेछन् । ब्रोनजेट्टीले पहिलो चरणमा रसियन भारभारा ग्राचेभालाई ३–६, ६–२,६–३ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी थिइन् ।
यस्तै, जापानी खेलाडी नाआमी आसाकाले कोलम्बियन क्यामिला ओसोरियोे लाई पराजित गर्दै अष्ट्रेलियन ओपनमा उपाधि रक्षाको सुरुवात गरेकी छन् ।
विश्व वरियताको १३औं स्थानमा रहेकी ओसाकाले ओसोरियोलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरिन् ।
जितसँगै ओसाकाले ५४औं स्थानकी म्याडिसन ब्रेनग्लेसँग दोस्रो चरणमा बुधबार प्रतिस्पर्धा गर्दै छन् ।
ब्रेनग्लेले पहिलो चरणमा युक्रेनकी दायाना एस्ट्रेमस्कालाई ६–१, ०–६, ५–० को नतिजामा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी थिइन् ।
विश्व नम्बर ११कि सोफिया केनिन पहिलो चरणबाटै बाहिरिएकी छन् ।
म्याडिन किजसँग ७–६९, ७–२०, ७–५ को नतिजामा पराजित हुँदै २०२०मा अष्ट्रेलियन ओपन च्याम्पियन बनेकी केनिन प्रतियोगिताबाट बाहिरिएकी छन् ।