पशुपति धर्मशाला : बताससँगको सम्झौता खारेज गर्न छानविन समितिको सिफारिस – Nepal Press

पशुपति धर्मशाला : बताससँगको सम्झौता खारेज गर्न छानविन समितिको सिफारिस

काठमाडौं । छानबिन समितिले पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झाैता गैर कानूनी भएको भन्दै खारेज गर्न सिफारिस गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन भएको समितिले मिलेमतोमा सम्झौता गैर कानूनी रुपमा गरिएको भन्दै खारेज गर्न सिफारिस गरेको हो ।

अहिले बतास समूहले धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ । नारायणहिटी प्रकरणपछि बतास समूहले भाडामा लिएको धर्मशालाको विवाद चर्किएको थियो ।

कोष र होटल आनन्द प्रालिबीच धर्मशाला भाडामा दिँदा र सम्झौताका शर्तहरु निर्धारण गर्दा कानून अनुसार नभएको उल्लेख गर्दै समितिले कोषलाई हामी पुर्याउने कर्मचारी र तत्कालिन पदाधिकारीलाई समेत कारवाही गर्न भनेको छ ।

धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको समितिको ठहर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर