मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकन क्लब ब्लु स्टारसँग खेल्ने


काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार क्लबसँग खेल्ने भएको छ ।
एएफसीले सोमवार सार्वजाकि गरेको ड्र अनुसार मछिन्द्रले श्रीलंकन सुपर कप विजेता ब्लु स्टारसँग खेल्ने भएको हो ।
गत सिजन लिग विजेता भएपनि एएफसी क्लब लाइसेन्स नपाएका कारण मछिन्द्रले एएफसी कप छनोट खेल्न पाएको थिएन ।
त्यसपछि लिगमा दोस्रो भएको आर्मीले एएफसी कप प्रारम्भिक चरण खेलेको थियो ।
यो सिजन लिगमा चार क्लब मछिन्द्र, मनाङ, आर्मी र एपीएफले क्लब लाइसेन्स पाएका छन् ।
तर सातौं चरणको समाप्तिमा शिर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्न पाउने नियम रहेकाले मछिन्द्रले छनोटमा स्थान बनाएको थियो ।