जिल्ला प्रशासन कार्यालयमै थामि नसक्नुको भीड – Nepal Press

जिल्ला प्रशासन कार्यालयमै थामि नसक्नुको भीड

सुर्खेत । कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइसकेको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले नै संक्रमणको जोखिम बढीरहेकाले भिडभाड नगर्न आदेश जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि स्मार्ट लकडाउन घोषणा गरेको छ । तर सोही प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाड भने थपिनसक्नुको छ ।

राष्ट्रिय परिचयपत्र, नागरिकता आदि बनाउनका लागि भन्दै सेवाग्राहीहरु प्रशासनमा पुगेका छन् । विभिन्न राजनीतिक दलले बस नै रिजर्व गरी गाउँगाउँबाट नागरिकहरुलाई परिचयपत्र बनाउन पुर्याएको छ ।

स्थानीयहरु भने प्रशासन कार्यालयमा नै भिडभाड बढेपछि त्रसित बनेका छन् । स्थानीय बसन्त बस्नेत भन्छन्, ‘प्रशासन आफैले निकालेको विज्ञप्तीको खिल्ली उठाइएको छ । अरुलाई कानून कार्यान्वयन गर्न सिकाउने संयन्त्रले यस्तो लापरवाही गर्नु गैर जिम्मेवारीपन नै हो ।’

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कार्यालयमा भीड धेरै बढेको स्वीकार गर्दै पालिका र वडाअनुसार सेवाग्राही कार्यालयमा आउन पाउने दिन तोकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *