राजधानीको अर्थराजनीति – सांसदलाई जनकपुरमा गाँस र बास छुटदिने व्यवसायीको अफर – Nepal Press

राजधानीको अर्थराजनीति – सांसदलाई जनकपुरमा गाँस र बास छुटदिने व्यवसायीको अफर

जनकपुरधाम । जनकपुरधाम प्रदेश राजधानी भए सांसदहरुलाई बास बस्न र खानामा छुट दिने होटल व्यवसायीहरुले घोषणा गरेका छन् ।

प्रदेशको नाम र राजधानी टुंगो लगाउन प्रदेशसभामा छलफल जारी रहेका बेला व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् ।

होटल एशोसिएन नेपाल प्रदेश नं. २ का अध्यक्ष विजय झुनझुनवाला, होटल व्यवसायी तथा पर्यटन संघ, धनुषाका प्रतिनिधि सुरेन्द्र कुमार भण्डारी र उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र कुमार महासेठले संयुक्त विज्ञप्ति जारी गरेर सांसदलाई होटलमा बास र भोजनमा छुट दिने घोषणा गरेका हुन् ।

सांसदहरूलाई होटलमा बास बस्नेलाई २५ प्रतिशत र भोजनमा १० प्रतिशत छुट दिने विज्ञप्तीमा उल्लेख छ ।

जनकपुरधाममा अतिथि सत्कारको गौरवशाली परम्परा रहेकाले कानून निर्माताहरूलाई सम्मान गर्न बास र भोजनमा छुट दिने निर्णय गरेको उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष महासेठले बताए ।

उनका अनुसार होटल सिताशरण, वेलकम, मानकी, सिटी पार्क, राजदरवार, रामजानकी, अन्पूर्णा, सिता पैलेश, वृन्दाव, शुभम् राजघराना, आन्नद, सिटी स्टार र रामा तथा परफेक्ट होटलले तत्काल छुट सुविधा उपलब्ध गराउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर