मन्त्री झाँक्रीद्वारा सय दिनको काम सार्वजनिक, ६ महिनामा मन्त्रालयको पुँजीगत खर्च १७ प्रतिशत – Nepal Press

मन्त्री झाँक्रीद्वारा सय दिनको काम सार्वजनिक, ६ महिनामा मन्त्रालयको पुँजीगत खर्च १७ प्रतिशत

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेपछिका एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेकी छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले ३७ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेकी हुन् । उनले नीतिगत व्यवस्थापन, विभिन्न आयोजना र कार्यक्रममा भएको काम पनि सार्वजनिक गरेकी छन् ।

कार्यक्रममा चालु आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ ३५ र पुँजिगततर्फ १७ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिइयो । ६ महिनामा मन्त्रालयको समग्र प्रगति १८ दशमलब ९१ प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर