पत्रकार महासंघले टुङ्ग्यायो कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (सूचीसहित) – Nepal Press

पत्रकार महासंघले टुङ्ग्यायो कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघमा कार्य विभाजन सहित विभागीय प्रमुखहरु तोकिएका छन् ।

शुक्रबार र शनिबार कपिलवस्तुको तौलिहवामा चलेको केन्द्रीय समिति बैठकले पदाधिकारी र सदस्यहरुको कार्य विभाजन टुङ्गो लगाएको महासचिव रोशन पुरीले जानकारी दिए ।

उनका अनुसार बैठकले ११ बिभाग र १३ समितिका प्रमुख चयन गरेको छ । अध्यक्ष विपुल पोखरेल अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख भएका छन् । वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट र महासचिव रोशन पुरीले दुई/दुई समितिको जिम्मेवारी पाएका छन् ।

बिष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समिति र श्रमजीवी पत्रकार हित प्रवर्द्धन समिति साथै महासचिव पुरीले संगठन विभाग र पेशागत संगठन समन्वय समिति प्रमुखको जिम्मेवारी पाएका छन् ।

जिम्मेवारी पाउने सदस्य र विभागहरु

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख – विपुल पोखरेल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समिति प्रमुख र श्रमजीवी पत्रकार हित प्रवर्द्धन समित प्रमुख – रमेश बिष्ट

महिला विभाग प्रमुख – बाला अधिकारी

प्रकाशन विभाग प्रमुख – उदय जिएम

संगठन विभाग र पेशागत संगठन समन्वय समिति प्रमुख -रोशन पुरी

छापा माध्यम प्रवर्द्धन समिति प्रमुख – गोविन्द चौलागाई

मधेश बिभाग प्रमुख – दिपेन्द्र चौहान

आचार संहिता तथा अनुगमन समिति प्रमुख – पवन आचार्य

दलित बिभाग प्रमुख – हेमकर्ण विक

तालिम तथा प्रशिक्षण विभाग प्रमुख – सिर्जना अर्याल

जनजाति विभाग प्रमुख – नारायण किलम्बु

आर्थिक विभाग प्रमुख – कलेन्द्र सेजुवाल

अनुशासन विभाग प्रमुख – लेखनाथ न्यौपाने

डिजिटल मिडिया तथा अनलाइन विभाग प्रमुख – रमेश खतिवडा

रेडियो टेलिभिजन समन्वय समिति प्रमुख – बबिन शर्मा

कानून समिति प्रमुख – सरिता पंगेनी

अपाङ्ग तथा द्वन्द पीडित पत्रकार हित समिति प्रमुख – नवीन रिजाल

अल्पसंख्यक क्षेत्र पत्रकार हित समिति प्रमुख – ईकवाल अहमद

मानव अधिकार समिति प्रमुख – सुनिल खड्का

मोफसल पत्रकारिता समन्वय समिति प्रमुख – त्रिभुवन पौडेल

आम सञ्चार तथा पत्रकारिता प्राज्ञिक समन्वय समिति प्रमुख – शान्तराम बिडारी

एशोसीयट संस्था समन्वय समिति प्रमुख – विकास कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर