लागुऔषधसहित १० जना पक्राउ – Nepal Press

लागुऔषधसहित १० जना पक्राउ

सुर्खेत । प्रहरीले लागुऔषधसहित १० जना पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले वीरेन्द्रनगरबाट १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्ननगर-३ का ३० वर्षीय सुमन खत्री, २२ वर्षीय कमल डाँगी, वीरेन्द्रनगर-१ का २५ वर्षीय युवराज ढकाल, वीरेन्द्ननगर- ४ का २३ वर्षीय रञ्जित खड्का, २४ वर्षीय सुजन शर्मा रहेका छन् ।

यस्तै दैलेख नारायण नगरपालिका-८ का २३ वर्षीय दिपक थापा, नारायण नगरपालिका-११ का २९ वर्षीय सागर चन्द, २३ वर्षीय क्षितिज शाही, डुंगेश्वर गाउँपालिका-१ का २४ वर्षीय डम्बर खड्का र कालिकोट महावै गाउँपालिका-३ का २२ वर्षीय जीवन शाही रहेको प्रहरीले बताएको छ।

उनीहरूको साथबाट ६ सय ३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चरेस र गाँजाको धुलो ३२ ग्रामसहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनीहरुलाई होटल बुलबुले भ्युबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर