मर्यादापुरका २५ दलित परिवारलाई लालपुर्जासहित घर – Nepal Press

मर्यादापुरका २५ दलित परिवारलाई लालपुर्जासहित घर

रौतहट । मौलापुर नगरपालिकाले दलित समुदायका लागि बनाएको एकीकृत दलित बस्तीका घरहरू हस्तान्तरण गरिएको छ ।

माघीको अवसरमा शनिबार आयोजित कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य प्रभु साहले एकीकृत बस्ती हस्तान्तरण गरेका हुन् ।

नेता प्रभु साहको पहलमा त्यहाँ ल्याण्ड पुलिङमार्फत मौलापुर नगरपालिका-२ स्थित मर्यादापुरमा एकीकृत बस्ती निर्माण गरिएको गरिएको हो । बस्ती हस्तान्तरण कार्यक्रममा लाभग्राहीलाई लालपुर्जा पनि वितरण गरिएको छ ।

नगरपालिकाले एकीकृत नमूना बस्ती विकास कार्यक्रमअन्तर्गत मर्यादापुरमा २५ परिवारका लागि घर बनाइदिएको हो ।

सोही अवसरमा छात्रछात्राहरूलाई पठनपाठनमा सहजताका लागि ल्यापटप र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोबाइल फोन वितरण गरिएको छ ।

कार्यक्रममा युवा खेलाडीहरूलाई खेलकुद सामग्री वितरण गरिएको मौलापुरकी मेयर रिनकुमारी साहले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर