प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमसँग प्रदेश १ पराजित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमसँग प्रदेश १ पराजित

काठमाडौं । राजु रिजालको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई ७ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको सुदूरपश्चिमलाई प्रदेश १ ले १ सय ५९ रनको लक्ष्य दिएको थियो । विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरको समाप्तीमा तीन विकेट गुमाएर १ सय ६४ रन बनायो । जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा बाहिरिसके पनि सुखद अन्त्य गरेको छ ।

सुदूरपश्चिमका लागि ओपनर राजु रिजाल र कप्तान सन्तोष भण्डारीले १ सय ८ रनको साझेदारी गरेका थिए । राजु ५२ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाएर पभेलियन फर्किए भने सज्तोषले ३९ बलमा ४८ रनको योगदान गरे । तेस्रो नम्बरका ब्याटर खडक बोहरा ८ रन जोडेर आउट हुँदम अर्जुन साउद र नारायण जोशीले उत्कृष्ट फिनिस गर्दै सुदूरपश्चिमलाई जित दिलाए । अर्जुनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै महत्वपूर्ण २६ रनको योगदान गर्दै अविजित रहे । नारायणले ८ रन जोडे ।

प्रदेश १ को बलिङमा फ्रिदोस अन्सरी, मुकुन्द यादव र कमल खत्रीले समान १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको प्रदेश १ का लागि मध्यक्रममा ब्याटिङमा आएका मुकुन्द यादवले २७ बलमा चार चौका र १ छक्कासहित सर्वाधिक ३४ रन जोडे । सोनु अन्सरी ३१ रन बनाएर पभेलियन फर्किँदा ओपनर मनिष थापा र कप्तान अंकित सुवेदीले समान २३ रनको योगदान गरे । भने अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

सुदूरपश्चिमको वलिङमा हेमन्त धामी र नारायण जोसीले २/२ विकेट लिए भने, कैलाश आयर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले समान १ विकेट लिए ।

पहिलो खेलमा पुलिससँग २ रनले हारेको सुदूरपश्चिमले दोस्रो खेलमा कर्णालीविरुद्ध ४७ रनको जित निकालेको थियो । तेस्रो खेलमा आर्मीसँग तीन विकेटले पराजित भएको थियो । आजको खेलमा जित निकाले पनि सुदूरपश्चिम र जितविहीन प्रदेश १ प्रतियोगिताबाट बाहिरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *