देवाही गोनाही नगरपालिकामा जसपाबाट निर्वाचित वडाध्यक्ष नुरुल्लाह एमाले प्रवेश – Nepal Press

देवाही गोनाही नगरपालिकामा जसपाबाट निर्वाचित वडाध्यक्ष नुरुल्लाह एमाले प्रवेश

रौतहट । प्रभु साहले नेकपा एकताको निरन्तरताका रूपमा एमाले रोजेसँगै रौतहटमा अन्य पार्टीबाट एमाले प्रवेश गराउने क्रमलाई तीब्रता दिएका छन् । जिल्लामा माओवादीबाट निर्वाचित अधिकांश जनप्रतिनिधिले एमाले रोजिसकेका छन् ।

पछिल्लो समय जसपा र लोसपाका नेता कार्यकर्तासँग साहले संवाद बढाइरहेका बेला जिल्लाको दोवाही गोनाही नगरपालिका-१ का वडाध्यक्ष शेखर नुरुल्लाह शनिबार एमालेमा प्रवेश गरेका छन् ।

तत्कालीन मधेशी जनअधिकार फोरमबाट निर्वाचित वडाध्यक्ष नुरुल्लाह हाल जसपाको नेता थिए । एमाले स्थायी कमिटी सदस्य प्रभु साहको पहलमा एमालेमा प्रवेश गरेका उनलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा स्वागत गरेका छन् ।

जिल्लाको मौलापुर नगरपालिका- २ मर्यादापुरमा नवनिर्मित एकीकृत दलित बस्तीको उद्घाटन तथा घर हस्तान्तरण कार्यक्रममा गएका नेताहरूले वडाध्यक्षलाई एमाले प्रवेश गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर