रेल्वे कम्पनीमा भित्रभित्रै कर्मचारी नियुक्त गर्नु गलतः मन्त्री यादव – Nepal Press

रेल्वे कम्पनीमा भित्रभित्रै कर्मचारी नियुक्त गर्नु गलतः मन्त्री यादव

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जनकपुरमा रेल सञ्चालनका लागि गरिएको गुपचुप कर्मचारी भर्नाको विरोध गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले गुपचुप गरिएको कर्मचारी भर्ना रोक्न माग गरे । नेपाल प्रेससँग उनले भने, ‘सरकार जुनसुकै दलको होस् । परीक्षा लिएर कर्मचारी भर्ना गर्नुपर्थ्यो ।’

भित्रभित्रै कर्मचारी भर्ना गर्नु गलत भएको भन्दै मन्त्री यादवले प्रक्रिया पूरा गरी लोकसेवा आयोगले कर्मचारी नियुक्त गर्नुपर्ने बताए । विगतमा कर्मचारीका लागि दरखास्त आह्वान गर्दा धेरैले रकम तिरेर दरखास्त दिएको तर विज्ञापन स्थगित गरे पनि रकम फिर्ता नभएकोमा उनले आपत्ति जनाए ।

रेल चल्ने टुंगो नलाग्दै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अहिले गैरकानूनी तरिकाले ६० जना कर्मचारी भर्ना गरेका छन् । उनले कर्मचारी नियुक्त गरेर तालिम सुरु गरेपछि विगतमा उनीबाटै हटाइएका कर्मचारी आन्दोलित भएका छन् ।

पूर्वमहाप्रबन्धक गुरु भट्टराईले विगतमा नियुक्त गरेका १५१ ज्यालादारी कर्मचारीलाई झाले हटाएका थिए । कर्मचारी हटाउने बेला आर्थिक चलखेल गरी नयाँ कर्मचारी नियुक्त गरेको उनीमाथि आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *