१३ करोड रोयल्टी नतिरी अमेरिका भाग्न लागेका क्यासिनो संचालक मन्त्री आलेको निर्देशनपछि अध्यागमनबाट रोकिए – Nepal Press

१३ करोड रोयल्टी नतिरी अमेरिका भाग्न लागेका क्यासिनो संचालक मन्त्री आलेको निर्देशनपछि अध्यागमनबाट रोकिए

काठमाडौं । नेपाल सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेका क्यासिनो संचालक अमेरिकी नागरिक माइक बोलसोवरलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा रोयल्टी नतिरी भाग्न लागेका उनलाई अध्यागमनले रोकेको हो ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताए । पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिए ।

माइकले काठमाडौंको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा संचालित क्यासिनो संचालकको प्रतिनिधित्व गर्छन् । माइकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ को २३ कठ्ठा सरकारी जग्गामा टाइगर प्यालेस होटल संचालन गरेका छन् । पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो संचालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्वाही अघि बढाएका छन् ।

कुन क्यासिनोले रोयल्टी बुझाए, कुनले बुझाएनन् ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *