सक्रिय संक्रमित संख्या साढे २१ हजार : शनिवार ४६ सय संक्रमित थपिए – Nepal Press

सक्रिय संक्रमित संख्या साढे २१ हजार : शनिवार ४६ सय संक्रमित थपिए

उपत्यकामा २२ सय संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी सक्रिय संक्रमितको संख्या उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी २१ हजार ५८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयले आज थप ४६ सय ३६ जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०१ र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ४ जना संक्रमितको कोरोनाबाट ज्यान गएको छ ।

उपत्यकामा २२ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १५ सय ९१ जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनमा एकैदिन २०५ जनामा संक्रमण देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर