दशवर्षपछि पुनः संचालनमा आयो आरोहण गुरुकुल (तस्बिरहरु) – Nepal Press

दशवर्षपछि पुनः संचालनमा आयो आरोहण गुरुकुल (तस्बिरहरु)

काठमाडौं । दशवर्षअघि बन्द भएको नाटकघर आरोहण गुरुकुल शुक्रबारदेखि पुनः संचालनमा आएको छ । राजधानीको थापागाउँमा गुरुकुलको शुभारम्भ गरिएको हो ।

चित्रकार किरण मानन्धर र अभिनेता हरिहर शर्माले संयुक्तरुपमा थिएटरको उद्घाटन गरेका हुन् । उनीहरुले गुरुकुल पुनः संचालनमा आएकोमा खुशि व्यक्त गरे ।

सो अवसरमा उपस्थित कलाकारले चित्र कोरेका थिए । विप्लव प्रतीक, शारदा शर्मा, मोमिला र मणी लोहनीले चित्र कोरेका थिए । थापागाउँस्थित गुञ्ज थिएटरलाई एकवर्षको लागि लिजमा लिएर आरोहण गुरुकुल संचालन गरिएको हो ।

शुक्रबार नै सुनिल पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’ समेत मंचन गरियो । काठमाडौं महानगरपालिकाले एकवर्षको भाडा तिरिदिने भएपछि गुरुकुल संचालनमा आएको हो । महानगर र गुरुकुलबीच सम्झौता पनि भएको छ ।

२०५९ सालदेखि आरोहण गुरुकुल आरम्भ भएको थियो भने जग्गा अभावले २०६८ सालमा बन्द भएको थियो ।

तस्बिरहरू : गाैरव पाैडेल


प्रतिक्रिया

One thought on “दशवर्षपछि पुनः संचालनमा आयो आरोहण गुरुकुल (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *