भवन बनाउन स्थानीयसँग चन्दा असुल्दै चिङ्गाड गाउँपालिका – Nepal Press

भवन बनाउन स्थानीयसँग चन्दा असुल्दै चिङ्गाड गाउँपालिका

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकाले प्रशासकीय भवन बनाउन भन्दै स्थानीयसँग चन्दा असुल्न थालेको छ । गाउँपालिकाले प्रतिघर पाँच हजारका दरले जबरजस्त चन्दा उठाउन थालेको हो ।

गाउँपालिका अध्यक्ष देवबहादुर चन्दको नेतृत्वमा केही वडा अध्यक्ष र विभिन्न पार्टीका नेता–कार्यकर्ता मिलेर चन्दा असुली भइरहेको स्थानीयले बताएका छन् ।

‘२०७६ सालको दसैंमा पनि पालिकाले बिनारसिद चन्दा असुलेको थियो’, एक स्थानीयले भने, ‘अहिले त रसिद काटेरै जबरजस्त पाँच हजार उठाइरहेका छन् ।’

सेवाग्राहीहरु पालिकाबाट पाउने सेवा सुविधा लिन पनि पहिला पाँच हजार रुपैयाँ तिर्न बाध्य छन् ।

पाँच हजार तिरेका एक स्थानीयले नेपाल प्रेससँग भने, ‘सरकारले दिने सेवा सेवा सुविधा लिन जाँदा मैले पाँच हजार तिरेको छु । भवन निर्माण गर्ने काम सरकारको होला नि ?’ उनी थप्छन्, ‘बितेको चार वर्षमा देखिने र हामीले महसुस गर्ने काम कुनै पनि भएका छैनन् । उल्टै हामीबाट रकम असुली गरेर जग्गा खरिद तथा भवन निर्माण गर्ने भन्दै आइरहेका छन् । यो लोकतन्त्रमा लुटतन्त्र हो ।’

नेकपा माओवादीका जिल्ला कमिटीमा पदाधिकारीका दाबेदार कृष्ण जिसी जितेन्द्रले पालिकाले त्यसरी जबरजस्ती नागरिकबाट चन्दा असुली गर्न नहुने बताए । उनी भन्छन्, ‘सरकारलाई कसैले दिन्छु भन्दा दिन पाइयो तर पालिकाले चन्दा दिन बाध्यकारी अवस्था सिर्जना गर्न पाइँदैन ।’
गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले उक्त अभियान आफूहरुले नचालाएको बताए ।


प्रतिक्रिया

One thought on “भवन बनाउन स्थानीयसँग चन्दा असुल्दै चिङ्गाड गाउँपालिका

Leave a Reply to लक्ष्मण लाल अनुरागी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर