माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा भने नरोकिने – Nepal Press

माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा भने नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाको कारण मातहतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुमा माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ । यसवर्षको हिउँदे वर्षे बिदा पाउने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पछि मिलान गर्ने गरी बिदा दिइएको हो ।

विश्वविद्यालय रजिष्टार कार्यालयद्धारा जार विज्ञप्तिअनुसार हाल संचालनमा रहेका परीक्षाहरु भने यथावत संचालन हुनेछन् । यस्तै निकटमै परीक्षा हुने भै पठनपाठन अनिवार्य देखिएका कार्यक्रमहरुको कक्षा विद्युतीय माध्यमबाट यथावत राख्ने निर्णय भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर