‘ए’ डिभिजन लिगः सातदोबाटोसँग हार्यो मनाङ – Nepal Press

‘ए’ डिभिजन लिगः सातदोबाटोसँग हार्यो मनाङ

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा शुक्रबार भएको दोस्रो खेलमाको ११ औं मिनेटमा मार्टिन एडेल्फे सिलोले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । यस्तै, ३८औं मिनेटमा अजयी मार्टिन्सले सातदोबाटोको अग्रता दोब्बर पारे । अनमार्क रहेका मार्टिन्सले प्रशान्त अवस्थीको क्रसमा हेडरमार्फत सुन्दर फिनिस गरेका थिए ।

मनाङका लागि ५६औं मिनेटमा आफिज ओलावालले एकमात्र गोल गरेका थिए । सातदोबाटोका गोलकिपर अविशेक बरालले गर्न नसकेको बललाई ओलावालेले पोस्टको गोलमा परिणत गरेका थिए ।

सातदोबाटोका दिपकराज सिंह ठकुरीले गरेको प्रहार ६९औं मिनेटमा मनाङका गोलकिपर विशाल सुनारले बचाँउदा सातदोबाटोले अग्रता बढाउने अवसर खेर फालेको थियो ।

यस्तै, ७३ औं मिनेटमा निशार लिम्बुको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिँदा मनाङले बराबरी गोल गर्ने अवसर गुमायो ।

खेलको इन्जुरी समयमा कप्तान अञ्जनको प्रहार सातदोबाटोका अभिषेकले विफल पारे । जितसँगै, सातदोबाटो ९ खेलबाट १२ अंकसहित लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित मनाङ १९ अंकसहित दोस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर