चार दिनपछि अवकाश पाउन लागेका सहसचिव खरेल सचिवमा बढुवा – Nepal Press

चार दिनपछि अवकाश पाउन लागेका सहसचिव खरेल सचिवमा बढुवा

काठमाडौं । चार दिनपछि अवकाश हुन लागेका सहसचिव शंकरप्रसाद खरेल सचिवमा बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

खरेलले उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्र । केही दिनका लागि मात्रै भए पनि उनलाई सचिव बनाउने निर्णय भएकाे मन्त्री श्रेष्ठकाे भनाइ छ ।

उनले भने ‘यदि अहिले बढुवा गरिएन भने सहसचिवबाटै उमेर हदका कारण अनिवार्य अवकाशमा जान लाग्नुभएकोले याे  निर्णय गरिएकाे हाे।’

खरेलले ५८ वर्षे सेवा अवधिका कारण आउँदो माघ ४ गते अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि साे पदमा अर्काे सहसचिव  बढुवा गर्नु्पर्ने हुन्छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो । दंगाल अहिलेसम्म चौथो पटक सचिव बढुवाका लागि सिफारिस भइसकेका छन् भने खरेल दोस्रो पटक बढुवाका लागि सिफारिस भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *