गुपचुप २८ जिल्लामा भूमि आयोग अध्यक्ष नियुक्त, राजपत्रमा सूचना ननिकाली नियुक्तिपत्र बाँडिदै (नामावलीसहित) – Nepal Press

गुपचुप २८ जिल्लामा भूमि आयोग अध्यक्ष नियुक्त, राजपत्रमा सूचना ननिकाली नियुक्तिपत्र बाँडिदै (नामावलीसहित)

काठमाडौं । सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु गुपचुप नियुक्त गरेको छ । उनीहरुलाई नियुक्तिपत्र दिनका लागि शुक्रबार अबेरसम्म तयार पारेर राखिएकाे  मन्त्रालय स्रोतले बतायो ।

पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरकाे थियो । तर, उक्त निर्णयलाई सार्वजनिक गरिएको थिएन । साथै सरकारले यो निर्णय राजपत्रमा समेत प्रकाशित गरेको छैन ।

अघिल्लो सरकारले भूमि आयोगका जिल्ला अध्यक्षलाई नियुक्ति दिनुअघि राजपत्रमा सूचना प्रकाशित गरेको थियो । देवी ज्ञवालीको नेतृत्वको उक्त आयोग देउवा सरकारले खारेज गरेर नयाँ बनाएको छ । आयोग बनाइएको लामो समयपछि जिल्ला अध्यक्ष नियुक्त गरिएको हो । कार्यकर्ता भर्तीको आरोप लाग्ने डरले गुपचुपरुपमै काम गरिएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतको भनाइ छ ।

नियुक्त गरिएका २८ जिल्ला अध्यक्षलाई सपथग्रहण गराइने तयारी भए पनि नियुक्ति गरिएको बारेमा मन्त्रालयदेखि आयोग सम्मका कुनै पनि पदाधिकारीले जानकारी गराउन चाहेनन् । मन्त्रालयका प्रवक्ता जनकराज जोशीले शुक्रबार ४ बजे पदाधिकारीलाई सपतग्रहण गराउने कार्यक्रमबारे केहि समय अघि मात्रै जानकारी आफुलाई गराएको नेपाल प्रेससँग बताए । उनले भने, ‘मलाई पनि केहि समय अघि मात्रै सफतग्रहण कार्यक्रम छ तपाइले पनि जानुपर्यो भनेर सचिव ज्यूले भन्नुभयो । तर, मैले जान भ्यादिन भने । यति मात्रै मलाई जानकारी छ अरु केहि पनि थाहा छैन । सम्बन्धित महाशाखा प्रमुख र सचिव ज्यूलाई थप जानकारी होला ।’

भूमि व्यवस्थापन महाशाखा प्रमुखसमेत रहेका मन्त्रालयका सहसचिव महेश बरालसँग बुझ्दाँ उनले भने प्रवक्तासँग जानकारी लिन भने । तर, प्रवक्तालाई यस बारेमा जानकारी छैन । तपाई सम्बन्धित महाशाखा प्रमुख भएकाले पदाधिकारीलाई नियुक्ती पत्र नै दिएर सफतग्रहण गराउने तयारी भइरहेको छ नि के हो भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘यसमा मैले केहि पनि बाेलिन  र यसमा मेरो केहि पनि प्रतिक्रिया छैन् ।’

मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे भने सम्पर्कमा नै आउन चाहेनन् । तर, मन्त्रालयका सचिव पाण्डे र सहसचिव बराल सचिवकै कार्यकक्षमा बसेर शुक्रबार अबेरसम्म सचिवालयका कर्मचारीले तयार पारेको नियुक्ती पत्रमा हस्ताक्षर तथा रुजु गर्ने काम गरिरहेका थिए ।

राष्ट्रिय भूमि आयोगका सदस्यसमेत रहेका आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले आयोगका २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको भए पनि अहिलेसम्म आयोगलाई उनीहरुको सूची प्राप्त भइनसकेको नेपाल प्रेससँग बताए । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासँग यसबारेमा बुझ्न खोज्दा पनि उनले स्पष्ट रुपमा जवाफ दिन सकेन्न ।

२८ जिल्लाका अध्यक्ष नै नियुक्ती गरेर सफत खुवाउने तयारीसमेत भइसकेछ नि अध्यक्ष ज्यू भन्ने नेपाल प्रेसको प्रश्नमा उनले जवाफ दिदैँ भने, ‘सफतग्रहण नै गराउने भन्ने त होइन । उनीहरुलाई बोलाइर ओरेन्टेसन कार्यक्रम गर्न खोजिएको हो । कतिपय आइसकेका छन् कतिपय आउने क्रममा छन् ।’ तर, को को नियुक्त भए भन्ने बारेमा उनले पनि जानकारी दिन चाहेनन् । उनले भने, ‘नियुक्ती त पुष २१ गते नै भइसकेको हो । सूची बल्ल आज मन्त्रालयले हामीलाई उपलब्ध गराएको छ । भोलि शनिबार भइहाल्यो । पर्सिसम्म पठाउला के छ र ।

 


प्रतिक्रिया

One thought on “गुपचुप २८ जिल्लामा भूमि आयोग अध्यक्ष नियुक्त, राजपत्रमा सूचना ननिकाली नियुक्तिपत्र बाँडिदै (नामावलीसहित)

  1. सबैसँग माेटाे रकम असुलिएकाे छ रे । छानबिन हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *