व्यवसायीको चरित्र हत्या गरेको भन्दै उद्योग वाणिज्य महासंघले गर्‍यो बतासको बचाउ – Nepal Press

व्यवसायीको चरित्र हत्या गरेको भन्दै उद्योग वाणिज्य महासंघले गर्‍यो बतासको बचाउ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बतास अर्गनाइजेसनको बचाउमा उत्रिएको छ । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालनसम्बन्धी विवादमा बतासमाथि एकतर्फी प्रहार भइरहेको भन्दै महासंघले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या गरिएको महासंघको आरोप  गरेको छ ।

‘पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालनसम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएकव छ ।

बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनीरूपमा सहभागी भइ आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया संचालनको अनुमति पाएको भन्दै महासंघले सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा व्यवसाय गर्न खोज्नु गैरकानुनी र आपराधिक गतिविधि नभएको प्रष्टोक्ति दिएको छ ।

‘प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिँदैन तर त्यसको सत्यतथ्य खोजी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन’, महासंघले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर