कालिकोट एमाले नेतृत्वमा प्यानलसहित पाण्डे विजयी – Nepal Press

कालिकोट एमाले नेतृत्वमा प्यानलसहित पाण्डे विजयी

सुर्खेत । नेकपा एमाले कालिकोटको नेतृत्वमा जसीप्रसाद पाण्डेको प्यानल नै विजयी भएको छ । खाँडाचक्र नगरपालिकाका मेयरसमेत रहेका जसीप्रसाद पाण्डे ४३३ मतसहित अध्यक्षमा निर्वाचित बने । उनका प्रतिद्वन्द्वी रमेशकुमार शाहीले २९७ मत ल्याए । निर्वाचनमा ७५२ मत खसेको थियो ।

उपाध्यक्षमा दयाराम सिम्खडा ३८० मत ल्याएर विजयी भए । उपाध्यक्षका लागि पाँचजना मैदानमा रहेकोमा अलिबहादुर शाहीले १७७, बेलकोशा शाहीले २३ मत, लक्ष्मी चौलागाईले ५५ र सक्कबहादुर बमले ४१ मत प्राप्त गरे ।

सचिवमा पाण्डे प्यानलकै टेकबहादुर बुढा विजयी भए । उनले ३४४ मत ल्याउँदा प्रत्यासी पार्वती सिंह सञ्ज्यालले ३३२ मत ल्याइन् । ३९० मत ल्याएर व्यासी तिरुवा र २६९ मतका साथ मनराज शाही उपसचिवमा निर्वाचित भए ।

प्रतिद्वन्द्वी पवित्रकुमार शाहीले १६१, पूर्णप्रसाद उपाध्यायले १७६, जनकबहादुर शाहीले २१४ र एसुदा बरालले १०३ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर