बुटवलको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएन – Nepal Press

बुटवलको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएन

रुपन्देही । शनिबार शुभारम्भ गर्न लागिएको बुटवलको प्लान बी डान्स क्लबमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बुटवलस्थित सिद्धार्थ कटेजको साइडमा संचालन तयारीमा रहेको प्लान बी डान्स क्लबमा आज मध्यान्हतिर आगो लागेको थियो ।

आगलागी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकलसहितको टोली खटिएको छ ।

प्रहरी, सेनाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *