हिमालयन बैंकका संचालकबीच भनाभनपछि इन्भेष्टमेन्टसँगको मर्जर प्रक्रिया विफल – Nepal Press

हिमालयन बैंकका संचालकबीच भनाभनपछि इन्भेष्टमेन्टसँगको मर्जर प्रक्रिया विफल

काठमाडौं । सञ्चालकबीच भनाभन भएपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका मर्जर प्रक्रिया रोकिएको छ ।

हिमालयन बैंकको आज बसेको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर टरेको हो । बैंक मर्जरसम्बन्धी विशेष प्रस्ताव पास गर्न ७५ प्रतिशत मत आवश्यक पर्छ ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ पक्षका सेयरधनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जर विफल भएको बताइएको छ । करिब ४० प्रतिशत सेयर हिस्सा ओगटेको संस्थापक सेयरधनीहरू नै मर्जरको विपक्षमा मत हालेका छन् । अध्यक्ष श्रेष्ठका पक्षका सेयर धनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जरमा जान चाहेका सेयर धनीबीच केही बेर भनाभनसमेत भएको थियो ।

बैंकका अध्यक्ष श्रेष्ठ र कर्मचारी संचय कोषले हालकै अवस्थामा मर्जरमा गर्दा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ नोक्सानी हुने आधार देखाउँदै मर्जरको विपक्षमा मत दिएका छन् ।


प्रतिक्रिया

One thought on “हिमालयन बैंकका संचालकबीच भनाभनपछि इन्भेष्टमेन्टसँगको मर्जर प्रक्रिया विफल

  1. संचयकाेषलाई अर्थमन्त्रीले मर्ज भाँडन निर्देशन दिएका हुन् । उनले अहिलेका अध्यक्ष प्रचण्ड श्रेष्ठकाे कुरा मानेर यस्ताे निर्देशन दिएका हुन् । प्रचण्डका साथि हुन उमेश श्रेष्ठ । उमेशले दिएकाे घरमा अर्थमन्त्री बस्छन् । घरमा बसेकाे बहाल यस्तै काम गरेर तिर्छन । प्रचण्डले बैकमा बसेर तर मारेका छन् । हाम्राे लाभांश प्रचण्ड र संचयकाेषका दलालहरूले दिनुपर्छ । सञ्चयकाेषकाले ऋण दिंदा कमिशन खान्छन् । प्रचण्डले कर्मचारी मार्फत म्याक्समनिसँग २० कराेड खाएर बैकलाई डुबाएका छन् । यस्ता दलालहरूले चलाएकाे बैक सफल हुँदैन । राष्ट्र बैकले यस्ता बैक बन्द गरिदिए हुन्छ । हिमालयनका मर्ज भाँडने अध्यक्ष लगायतलाई कडा कारवाही गर्नुपर्छ । यसमा ईन्भेष्टमेण्ट बैंककाे दाेष छैन । हिमालयन बैकलाई कुनै पनि सुविधा दिनु हुँदैन । सञ्चयकाेषकाले ऋणदिंदा खाने गरेकाे कमिशन अख्तियारले छानबिन गर्नुपर्छ । हामीलाई लाभाँश चाहियाे । कसले दिन्छ ? बैंकका दलालहरूले दिन्छन ? राष्ट्र बैंकले त अब लाभाँश दिंदैन । याे मर्ज भाँडने मुख्य नाईके अर्थमन्त्री हुन् । अर्काकाे घरमा फाेकटमा बस्ने अनि घरभेटीकाे गुन यसरी तिर्नेलाई अर्थमन्त्री बनाएर देश कहाँ पुग्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *