अष्ट्रेलियाद्वारा दोस्रोपटक जोकोभिकको भिसा स्थगित गर्ने निर्णय – Nepal Press

अष्ट्रेलियाद्वारा दोस्रोपटक जोकोभिकको भिसा स्थगित गर्ने निर्णय

सिड्नी । अष्ट्रेलियाले टेनिस स्टार नोभाक जोकोभिकका भिसा दोस्रोपटक पनि स्थगित गरेको छ । कोभिड–१९ विरुद्ध खोप नलिएका जोकोभिकको कारण समुदायमा भाइरस संक्रमणको खतरा रहेको अष्ट्रेलियाले जनाएको रोयटर्सले उल्लेख गरेको छ ।

सरकारको यो निर्णयपछि अब अष्ट्रेलियाली ओपन टुर्नामेन्टमा २१ औं ग्रान्डस्लाम जित्ने उनको अपेक्षामा धक्का लागेको छ । अध्यागमनमन्त्री एलेक्स हकीले विशेषाधिकार प्रयोग गर्दै जोकोभिकको भिसा स्थगित गर्ने निर्णय गरेका हुन् ।

गत सोमबार अदालतले सरकारको निर्णय उल्टाउँदै अध्यागमन हिरासतबाट रिहा गर्न सरकारलाई आदेश दिएको थियो । शुक्रबार जोकोभिकको निर्णय सुनाउँदै अध्यागमन मन्त्रीले भने, ‘१३३ सी (३)को खण्ड प्रयोग गर्दै मैले जोकोभिकको स्थगित गर्ने निर्णय गरेको छु । जोकोभिकको स्वास्थ्यलाई ख्याल गर्दै मैले यो निर्णय लिएको हुँ’ उनले भने ।

सरकारको यो निर्णयसँगै जोकोभिकले अब तीनवर्षसम्म अष्ट्रेलियाको भिसा प्राप्त गर्नेछैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *