निर्वाचन आयोगमा सर्वदलीय बैठक, को-को गए ? – Nepal Press

निर्वाचन आयोगमा सर्वदलीय बैठक, को-को गए ?

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आयोग कार्यालय कान्तिपथमा सुरू भएको छ। बैठकमा विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरू पुगेका छन् ।

बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) बाट लीलामणि पोखरेललगायतका नेता छन् ।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलगायतका दलबाट भने प्रतिनिधि आउन बाँकी छ।

नेपाल मजदुर किसान पार्टीको प्रतिनिध्व गर्दै प्रेम सुवाल बैठकमा गएका छन् । नेपाली जनता दलबाट हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत आयोग पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर