नविल बैंक र बंगलादेश बैंकबीच एक–आपसमा गाभिने प्रारम्भिक सहमति – Nepal Press

नविल बैंक र बंगलादेश बैंकबीच एक–आपसमा गाभिने प्रारम्भिक सहमति

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेशबैंकबीच एक आपसमा गाभिने प्रारम्भिक सहमति भएको छ । बिहीबार साँझ दुई बैंकबीच गाभिने सहमतिमा सम्झौता भएको हो ।

दुवै बैंकविच संयुक्त मर्जर (एक्विजिसन) सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम बिहीबार सम्झौता भएको हो । एक्विजिसन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि नबिलको नेपाल बंगलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम, सञ्चालक इन्द्रबहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर कमिटि गठन गरिएको थियो ।

सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उपाध्यायले हस्ताक्षर गरेका छन् भने एनबीको तर्फबाट थापाले हस्ताक्षर गरेका छन् । बैंकले प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । नबिलले नेपाल बङ्गलादेश बैकलाई प्राप्तिपछि बैकको प्राथमिक पुजी ४३ अर्ब रुपैयाँ चुक्ता पुजी २२ अर्ब ५० करोड कर्जा तीन खर्ब निक्षेप तीन खर्ब १४ करोड हुनेछ ।

बैंक एक आपमा गाभिएपछि नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल बैंकको अध्यक्ष र नबिल बैंककै अनिल केशरी शाह प्रमुख कार्यकारी अधिकृत हुनेछन् । गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अर्ब माथी हुने जनाइएको छ ।

शाखा संजाल तत्कालै दुइ सय ३५ पुग्नेछ भने ग्राहक संख्या १६ लाख माथी हुनेछ । एक आपसमा गाभिनका लागि नविल बैंक र नेपाल बंगलादेश बैंकको शेयर अनुपात १००ः४३ रहने यसअघि नै सहमति भइसकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर