सुनसरी एमाले निर्वाचन- १६ सय मत गन्दा द्वारिकलालले शतक कटाउन सकेनन् – Nepal Press

सुनसरी एमाले निर्वाचन- १६ सय मत गन्दा द्वारिकलालले शतक कटाउन सकेनन्

इटहरी । नेकपा (एमाले) को जिल्ला नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्षका लागि रेवती भण्डारी, खेमराज पोख्रेल र द्वारिकलाल चौधरी गरि तीन जना प्रतिष्पर्धामा छन् ।

कुल १८ सय मतदाता रहेको सुनसरीमा अहिलेसम्म १६ सय मत गनिसक्दा भण्डारीले अध्यक्षमा अग्रता लिएका छन् । उनले ८१० मत प्राप्त गरेका छन् । त्यस्तै अर्का प्रत्यासी पोखरेलले ६८७  मत प्राप्त गरेका छन् ।

इटहरीका मेयर समेत रहेका चौधरीले भने सय मत समेत कटाउन सकेका छैनन्। उनले ७४ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर