१० किलो चरेशसहित महिला पक्राउ – Nepal Press

१० किलो चरेशसहित महिला पक्राउ

जनकपुरधाम । पर्सा प्रहरीले १० किलोग्राम लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको पिपरीया परोवा नगरपालिका ९ घर भएकी ४२ वर्षीया रंजु देवी साह छन् ।

उनलाई बुधवार वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाटै नियमित चेकिङ टोलीले चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रक्सौलतर्फ पैदल जाने क्रममा शंका लागि प्रहरीलाई उनलाई चेकजाँच गरेको थियो ।

सो क्रममा प्याकेट बनाई आफ्नो ढाड र खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको अवस्थामा चरेश भेटिएको प्रहरीको भनाई छ ।

उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *