कालिकोट एमाले नेतृत्वका लागि मतदान सुरू – Nepal Press

कालिकोट एमाले नेतृत्वका लागि मतदान सुरू

सुर्खेत । नेकपा एमाले कालिकोटको नेतृत्वका लागि मतदान सुरू भएको छ ।

कालिकोटमा सुरूमा पाँचजना आकांक्षी देखिएकामा अहिले दुईजना चुनावी मैदानमा छन् । उपाध्यक्ष पदका लागि पाँचजना, सचिवका लागि दुईजना र उपसचिवका लागि ६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तुलाराम विष्टले नेपाल प्रेसलाई जानकारी दिए ।

अध्यक्षको दौडमा जसीप्रसाद पाण्डे र रमेशकुमार शाही छन् । उपाध्यक्षमा अलिबहादुर शाही, दयाराम सिम्खाडा, बेलकोशा शाही, लक्ष्मी चौलागाई र शक्कबहादुर बमबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै सचिवका लागि पार्वती सिंह र टेकबहादुर बुढा र उपसचिव पदका लागि यशोदा बराल, जनकबहादुर शाही, पवित्रकुमार शाही, पूर्णप्रसाद उपाध्याय, व्यासी तिरुवा ‘विकास’ र मनराज शाही भिडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर