प्रेस चौतारी तनहुँको अध्यक्षमा श्रेष्ठ, सचिवमा दुवाडी – Nepal Press

प्रेस चौतारी तनहुँको अध्यक्षमा श्रेष्ठ, सचिवमा दुवाडी

काठमाडौं । प्रेस चौतारी तनहुँको अध्यक्षमा बिबि श्रेष्ठ चुनिएका छन् । बुधबार दमौलीमा भएको नवौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने र सम्झाना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा सुनिता आचार्य र किरण श्रेष्ठ चुनिएका छन् । अधिवेशनले सर्वसम्मतरुपमा सबै पदाधिकारीसहित सदस्य चुनेको हो ।

बुधबार प्रेस चौतारीले अधिकांश जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । केही जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ भने केहीमा बाँकी छ ।

चौतारीले माघ २२ गतेदेखि पोखरामा महाधिवेशन गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर