प्रेस चौतारी ओखलढुंगामा पनि महिला नेतृत्व स्थापित – Nepal Press

प्रेस चौतारी ओखलढुंगामा पनि महिला नेतृत्व स्थापित

काठमाडौं । प्रेस चौतारी नेपालले ओखलढुंगामा पनि पत्रकार महिलालाई जिल्ला अध्यक्ष चयन गरेको छ ।

बुधवार भएको चौथो जिल्ला अधिवेशनबाट सरस्वती बानियाँ अध्यक्ष निर्वाचित भएकी हुन् ।

यसअघि सुनसरीको अध्यक्षमा पनि सुभद्रा प्याकुरेल चयन भएकी थिइन् ।

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट निर्वाचित समितिलाई पूर्व अध्यक्ष तथा प्रेस चौतारीका केन्द्रीय सदस्य पूर्णप्रसाद न्यौपानेले सपथ गराएका थिए ।

अधिवेशन उद्घाटन समारोहमा एमाले जिल्ला अध्यक्ष शंकर कटुवाल, पूर्व अध्यक्ष मोहन श्रेष्ठ, सचिव कमल न्यौपाने, जिल्ला कमिटी सदस्य अस्मिता थापा लगायतका नेताहरु उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर