ब्राउन सुगरसहित तीन जना पक्राउ – Nepal Press

ब्राउन सुगरसहित तीन जना पक्राउ

जनकपुरधाम । सिरहाको लहान नगरपालिका १२ पडरिया चोकबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका १२ का २२ वर्षीय प्रशान्त चौधरी, सोही ठाउँका २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरी रहेका छन् ।

उनीहरुको साथबाट ५५ ग्राम ब्राउन सुगर र नगद ११ हजार रुपैयाँ बरामद भएको छ ।

शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएपछि उनी तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर