आईएफआईसी बैंकको ६ अर्ब सेयर विवाद : चौधरी समूहलाई नबेच्न अदालतको आदेश – Nepal Press

आईएफआईसी बैंकको ६ अर्ब सेयर विवाद : चौधरी समूहलाई नबेच्न अदालतको आदेश

काठमाडौं । ढाकाको आईएफआईसी बैंकको सेयर खरिद बिक्रीमा विवाद भएपछि अदालतले प्रक्रिया रोकेको छ ।

नेपाल बङ्गलादेश बैंकमा रहेको आईएफआईसी बैंकको सेयर खरिद बिक्री प्रक्रिया रोक्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

अदालतको आदेशपछि नेपाल बङ्गलादेश बैंककाे ४१ प्रतिशत सेयर बिक्री रोकिएको हो । आईएफआईसी बैंक करिब ४१ प्रतिशत सेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरिद गर्न लागेको थियो ।

सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले पौष २७ गते आदेश दिँदै सेयर बिक्री गर्ने कार्य नगर्न नगराउन भनेकाे छ । अदालतले ७ दिनभित्रमा नेपाल बङ्गलादेश बैंकलाई लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ ।

आईएफआईसी बैंकले ४१ प्रतिशत सेयर ९ महिनाअघि दुगड समूहलाई बिक्री गर्ने सम्झौता गरेको थियो । बङ्गलादेश बैंकको प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा बिक्री गर्न सहमति समेत भएको थियो । ६ अर्ब रुपैयाँ दुगडले सेयर किन्न लागेका थिए ।

दुगडले सम्झौता गरे अनुसार आईएफआईसी बैंकलाई सम्पर्क गर्न खोज्दा सकेका थिएनन् ।

दुगडले आफूसँग सम्पर्कमा नआएर चौधरी समूहसँग सेयर बिक्रीको सम्झौता भएको सूचना पाएपछि अदालतसम्म पुगेका थिए ।

दुगडले किन्न लागेको आइएफआइसीको ६ अर्ब रुपैयाँको प्रमोटर सेयर चौधरी समूहले लिन खोजेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर