पूर्वमन्त्री तामाङको सिफारिसमा रणनीतिक सडक कालोपत्रे हुँदै, बोलपत्र आह्वान गरियो – Nepal Press

पूर्वमन्त्री तामाङको सिफारिसमा रणनीतिक सडक कालोपत्रे हुँदै, बोलपत्र आह्वान गरियो

सिन्धुपाल्चोक । पूर्वमन्त्री शेरबहादुर तामाङको पहल एवम् सिफारिसमा सिन्धुपाल्चोकमा रणनीतिक सडक कालोपत्रे हुने भएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबाट निर्वाचित संघीय सांसद तामाङको सिफारिसमा मध्यपहाडी राजमार्गको भदौरे जिरो प्वाईन्ट भएर सिन्धु–धुसिनी, कटुन्जे, मेलम्ची, नवलपुर, चौतारा, नौबिसे हुँदै तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भएको हो ।

सडक डिभिजन कार्यालय चरिकोट, दोलखाका अनुसार ४० करोड रुपैयाँ लागतमा बहुवर्षीय योजनामा समावेश गरी कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको हो । तीन वर्षभित्रमा सडक कालोपत्रे गरिसक्ने योजना छ ।

पूर्वमन्त्री तामाङका अनुसार यो रणनीतिक सडकले सिन्धुपाल्चोकको सबै मध्यभाग, जिल्लाका मुख्य बजार एवम् बस्तीलाई समेट्ने छ । ‘जिल्लाका अधिकांश भाग समेट्दै चीनको स्वस्वशाषित क्षेत्रसम्म पुग्ने भएकाले यो रणनीतिक सडक योजना अघि बढाइएको हो’, तामाङले भने ।

मेलम्ची नगरपालिका– ५ का वडाध्यक्ष सुदर्शन लुइँटेलले योजना समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई आफूले सहयोग गर्ने बताए । उनले उक्त महत्वपूर्ण योजना सिफारिस गरेकोमा पूर्वमन्त्री तामाङप्रति आभार प्रकट गरे ।

मेलम्ची नगरपालिका– ११ का वडाध्यक्ष रुद्र दुलालले भने– यो सडक यहाँको ५ र ११ नम्बर वडाको लाइफलाइन हो । यसबाट यहाँका नागरिक निकै उत्साही छन् ।

यससँगै पूर्वमन्त्री तामाङको पहलमा अरु थुप्रै विकासे काम भएको र थुप्रै योजना टेण्डरको प्रक्रियामा रहेको तामाङका स्वकीय सचिव निर्मल बन्जराले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *