दिल्लीस्थित नेपाली दूतावासबाट भारतले हटायो सुरक्षाकर्मी – Nepal Press

दिल्लीस्थित नेपाली दूतावासबाट भारतले हटायो सुरक्षाकर्मी

दिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भारतीय सुरक्षाकर्मी हटेका छन् । नेपाली दूतावासको वर्षौंदेखिको प्रयासपछि भारत सरकारले सुरक्षाकर्मी हटाएको हो ।

कूटनीतिक मर्यादाविपरित दूतावासभित्र १० जना सुरक्षाकर्मी बस्दै आएका थिए । दूतावासको सुरक्षार्थ भन्दै भारतले सिक्किम प्रहरीको तर्फबाट सुरक्षाकर्मी खटाएको थियो ।

पूर्वराजदूत निलाम्बर आचार्यले पटक–पटक सुरक्षाकर्मी हटाउन मौखिक आग्रह गर्दै फर्कनुअघि त्यहाँको विदेश मन्त्रालयलाई पत्र लेखेका थिए । तर, दूतावासको बाहिरी क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गस्ती भने कायमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर