हुलाक सेवाको महसुल दर दोब्बरले बढ्यो (सूचीसहित) – Nepal Press

हुलाक सेवाको महसुल दर दोब्बरले बढ्यो (सूचीसहित)

काठमाडौं । सरकारले माघ १ गतेदेखि लागू हुने गरी हुलाक सेवाको महसुल दर दोब्बरले वृद्वि गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुलाक सेवा ऐन, २०१९ को दफा ६ र ८ ले दिएको अधिकार प्रयोग गर्दै माघ एक गते देखि लागू हुने गरी हुलाक सेवा महसुल दर बढाएको हो ।

जसमा आन्तरिक महसुल दर अन्तरगत हुलाक महसुल दरमा चिट्ठी पहिलो २० ग्रामसम्म साविकको आठ रुपैयाँबाट दुई रुपैयाँ बढाएर १० रुपैयाँ प्रस्ताव गरिएको छ भने त्यसपछि प्रत्येक १० ग्राम वा अंशको भने यस अघिकै पाँच रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई पत्रको साविकको तीन रुपैयाँबाट दुई रुपैयाँ बढाएर पाँच रुपैयाँ पुर्‍याइएको छ ।

आन्तरिक महसुल दर अन्तरगत विधिध महसुल दर अन्तरगत हुलाक दाखिला निस्सा तीन बस्तुको साविकको पाँच रुपैयाँबाट दोब्बर बढाएर १० रुपैयाँ पुर्याइएको छ भने रजिष्ट्री शुल्क प्रत्येकको २० रुपैयाँबाट १० रुपैयाँ बढाएर ३० रुपैयाँ पुर्‍याइएको छ ।

यस्तै पुलिन्दा महसुल दर अन्तरगत सतह डाँकमा पुलिन्दा न्यूनतम दुई किलोग्रामबाट शुरु हुनेको हकमा ३० रुपैयाँबाट एकैपटक एक सय ७० रुपैयाँ बढाएर २ सय पुर्याएको छ यसैमा प्रत्येक पाँच सय ग्राम वा अंशको २० किलोग्रामसम्मको ३० रुपैयाँबाट ३० रुपैयाँ बढाएर ५० पुर्‍याइएको छ ।

द्रुत डाँक सेवा महसुल दर अन्तरगत पहिलो ४० ग्रामसम्म एकमुष्ट साविकको ५० रुपैयाँबाट २० रुपैयाँ बढाएर ७० पुर्याएको छ भने त्यसपछि थप २० ग्राम वा अंशको दुई किलोग्रामसम्मको साविकको १० रुपैयाँबाट पाँच रुपैयाँ बढाएर १५ रुपैयाँ पुर्‍याइएको छ ।

यस्तै वैदेशिक हुलाक महशुल दर अन्तरगत हवाई मार्गको लागि च्टिठी २० ग्रामसम्म प्रथम क्षेत्रमा साविकको २५ रुपैयाँबाट दोब्बर बढाएर ५० रुपैयाँ, द्धितीय क्षेत्रमा ३० रुपैयाँबाट २५ रुपैयाँ बढाएर ६० रुपैयाँ, तृतिय क्षेत्रमा साविकको ५० रुपैयाँबाट ३० रुपैयाँ बढाएर ८० रुपैयाँ र चतुर्थ क्षेत्रमा साविकको ६० रुपैयाँबाट ४० रुपैयाँ बढाएर एक सय पुर्‍याइएको छ ।

तर, एक हजार पाँच सय एक ग्रादेखि दुइ हजार ग्रामसम्मको प्रथम क्षेत्रमा साविकको एक हजार २० रुपैयाँबाट एक हजार एक सय ३० रुपैयाँ पुर्याएको छ भने चर्तुथ क्षेत्रमा साविकको दुई हजार ४५ बाट दुई हजार एक सय ५५ पुर्‍याइएको छ ।

यस्तै सतह मार्गका लागि सार्क मुलुककका लागि चिट्ठीको साविक २० रुपैयाँबाट दोब्बर भन्दा बढीले २५ रुपैयाँ बढाएर ४५ रुपैयाँ पुर्याएको छ । अन्य राष्ट्रका लागि साविकको ३० रुपैयाँबाट दोब्बर बढाएर ६० रुपैयाँ पुर्‍याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर