नारायणहिटी प्रकरणमा दोषी ठहराइएका भेषनारायण दाहालले राजीनामा दिए – Nepal Press

नारायणहिटी प्रकरणमा दोषी ठहराइएका भेषनारायण दाहालले राजीनामा दिए

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय सञ्चालन विकास समितिका कार्यकारीनिर्देशक भेषनारायण दाहाललले राजीनामा दिएका छन् ।

संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालनका लागि बतास समूहले ठेक्का पाएपछि विवादमा तानिएका दाहालले राजीनामा दिएका हुन् ।

ठेक्का प्रकरणको छानबिन गर्न मन्त्रालयले बनाएको समितिलाई उनलाई कारवाही गर्न सिफारिस गरेको थियो ।

कारवाही सिफारिस भएको भोलिपल्ट नै उनले राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा दाहालले बतास समूहलाई दिइएको ठेक्का प्रक्रियाको बारेमा आफ्नो बचाउ गरेका छन् ।

उनले तत्कालिन समयमा समितिका अध्यक्ष समेत रहेका संस्कृति सचिव केदार अधिकारीको अध्यक्षमा बसेको बैठकले गरेको निर्णय अनुसार क्याफ्ररिया भाडामा दिन टेण्डर आह्वान भएको बताएका छन् ।

सचिव अधिकारीको अध्यक्षमा बसेको बैठकले गरेको निर्णय अनुसार नै प्राविधिक र आर्थिक प्रस्ताव माग गरी टेण्डर प्रक्रियाबाट बोलपत्र आह्वान गरी दररेट निर्धारण समेत गरी तीन वर्षका लागि भाडामा दिइएको बताएका छन् ।

सफा मनले काम गर्दापनि अनर्गल दुष्प्चार गरी सामाजिक प्रतिष्ठामा समेत असर पर्नेगरी समाचार सम्प्रेसण भएको उल्लेख गर्दै उनले मन्त्रालयले गठन गरेको छानबिन समितिलाई सहयाेग पुगाेस भनेर नैतिकताका आधारमा राजीनामा दिएकाे उनले बताएका छन् ।

‘सफा मनले कार्य गरिरहेको अवस्थामा पनि मलाई अनर्गल दष्प्रचार गरी सामाजिक प्रतिष्ठामा समेत असर पर्ने गरी विभिन्न संचार माध्यमहरुबाट नीज स्वार्थ भएका व्यक्तिहरूबाट दुष्प्रचार गरिरहेको अवस्थामा र सोही समयमा नेपाल सरकारबाट छानबिन समिति समेत गठन गरेको हुनाले छानबिनमा समेत सहयोग पुगोस् भन्ने मनसायले मैले नैतिकताको आधारमा सो पदमा रहेर कार्य गर्न उचित समेत नदेखिएको’ भन्दै उनले राजीनामा दिएका छन् । ‘मैले संग्रहालयमा अत्यन्त न्यून साधन र श्रोत हुँदा हुँदै पनि आफ्नो बुद्धि, विवेक र ज्ञानको प्रयोग गरी म जाँदा दयनिय अवस्थामा रहेको संग्रहालयलाई स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहज अवलोकन गर्ने योग्य बनाएकोमा मलाई यस पुनित कार्यमा गौरवको अनुभूति भएको छ’, राजीनामा पत्रमा उनले भनेका छन् ।

२०७६ साल मंसिरमा मन्त्रिपरिषदले दाहाललाई चार वर्षका लागि समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया

One thought on “नारायणहिटी प्रकरणमा दोषी ठहराइएका भेषनारायण दाहालले राजीनामा दिए

  1. सजाय हुनुपर्ने तत्कालिन सचिव केदार बहादुर अधिकारी हुन ।पशुपति धर्मशालामा समेत यिनैको चासोले काम गरेको छ ।यो भेष नरायन त टपरे बाहुन मात्र हो ।

Leave a Reply to हनुमानजी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर