क्रिस मोरिसले गरे सबै फर्म्याटका क्रिकेटबाट सन्यास घोषणा – Nepal Press

क्रिस मोरिसले गरे सबै फर्म्याटका क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

मंगलबार सन्यास घोषण गरेका ३४ वर्षीय मोरिसले अब दक्षिण अफ्रिकाको घरेलु क्लब टाइटन्सको प्रशिक्षण सम्हाल्ने बताएका छन् ।

‘आज मैलै सबै प्रकारका क्रिकेटबाट सन्यास लिने घोषणा गरेको छु । मेरो यात्रामा ठूलो होस या सानो भुमिका खेल्ने सबैलाई धन्यवाद । टाइटान्समा प्रशिक्षकको भुमिका निभाउन पाउँदा धेरै खुसी छु’, मोरिसले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन् ।

मोरिसले अन्तिम पटक २०१९को एकदिवसीय विश्वकपमा दशिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए । उनी दशिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने खेलाडी भएका थिए ।

उनी इन्डियन प्रिमियर लिगका सबैभन्दा महंगो खेलाडी समेत हुन् । उनलाई राजस्थान रोयल्सले सन् २०२१ को अक्सनमा १६.२५ करोड भारतीय रुपैँयामा अनुबन्ध गरेको थियो ।

उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीमा २२ वर्षको उमेरमा सन् २०१२ मा टी–२० बाट डेब्यु गरेका थिए । यस्तै, सन् २०१३ मा एकदिवसिय क्रिकेटमा र २०१६ मा टेष्ट डेव्यु गरेका थिए ।

मोरिसले दक्षिण अफ्रिकाका लागि तीन फर्म्याट खेलेका कुल ६९ खेलबाट ९४ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर